Quantcast
Channel: National News
Viewing all articles
Browse latest Browse all 10

समृद्धिका लागि एकजुट हुन दलहरुलाई राष्ट्रपतिको आग्रह

0
0

३ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धि हासिल गर्ने साझा संकल्प पूरा गर्न सबै राजनीतिक दलहरुलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेकी छन् ।

संविधान दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको भन्दै संविधान निर्माणमा एकतावद्ध भएका राजनीतिक दलहरु मिलरे अघि बढ्नेमा आफू विश्वस्त रहेको बताइन् ।

राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री एवं तत्कालीन नेपाली कांग्रेसका सभापति समेत रहेका स्व.सुशील कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानकाे चर्चा समेत गरिन् ।

कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधान निर्माणमा सबै राजनीतिक दलहरुको योगदान रहेको बताए । नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि बढन सकिने पनि स्पष्ट पारे ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्व प्रधानमन्त्री स्व. कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’ बाट सम्मान गरेकी थिइन् ।

The post समृद्धिका लागि एकजुट हुन दलहरुलाई राष्ट्रपतिको आग्रह appeared first on .


Viewing all articles
Browse latest Browse all 10

Latest Images

Trending Articles





Latest Images